कोरोना संक्रमणबाट विराटनगरको नोबेल अस्पतालमा दम्पतीको १० घण्टाको फरकमा निधन — OSNepal

कोरोना संक्रमणबाट विराटनगरको नोबेल अस्पतालमा दम्पतीको १० घण्टाको फरकमा निधन

LC (KTM) May 16, 2021 0

विराटनग- विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोनाका कारण एक दम्पतीको दुखद निधन भएको छ । निधन हुनेमा ६९ वर्षीय पुरुष र ६४ वर्षीय महिला रहेका छन् । भारतको मुम्बईमा बस्दै आएका उनीहरु पुख्र्यौली थलो ताप्लेजुङ घुम्न आएका थिए । चार महिना अघि जन्मथलो आएका उनीहरु नाका बन्द भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा रोकिए पछि त्यही बस्दा नै कोरोना भएको थियो ।

त्यसपछि नोबेल मेडिकल कलेजमा भर्ना भएका उनीहरुको उपचारका क्रममा निधन भएको हो । वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरियो ।नोबेलमा श्रीमतीको गएराति १ बजे र श्रीमानको आइतबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक दुवैमा दमको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुष भारतीय सेनाबाट अवकाशप्राप्त हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर