बिहीबार तीन जार ९३८ मा सङ्क्रमण — OSNepal

बिहीबार तीन जार ९३८ मा सङ्क्रमण

Kesh Karki (USA) August 05, 2021 0

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) चार हजार १०७ जनामा देखिएको थियो ।

उपत्यकामा एक जार ७५

काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर