एक्कासी के भयो बलिउड सुपरस्टार सलमान खानलाई, मुटु हल्लिने स्टाटस लेखेपछि भारतमा हलचल मच्चियो — OSNepal

एक्कासी के भयो बलिउड सुपरस्टार सलमान खानलाई, मुटु हल्लिने स्टाटस लेखेपछि भारतमा हलचल मच्चियो

LC (KTM) May 17, 2021 0

सलमान खानको राधे फिल्मले रिलीजकै दिन सबैभन्दा बढी हेरिएको फिल्मको रेकर्ड त बनायो तर रिलीज हुदा हुदै फिल्म नै सामाजिक सञ्जालमा एकाएक बाहिरीयो ।

अर्थात फिल्म पाइरेसीको शिकार बन्यो । यस बिषयमा सलमानले मुख खोलेका छन् । उनले फिल्म राधे पाइरेसी गर्नेलाई कडा कारबाही गर्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन् ।

२४९ रुपैयामै फिल्म हेर्ने अवसर दिदा दिदै पनि पाइरेसी हुनु दुःखद रहेको जनाएका छन् । फिल्म पाइरेसी गर्नेहरुसँग रिसाउँदै सलमानले लेखेका छन्, – हामीले फिल्म राधे २४९ रुपैयाँमा हेर्नेगरी ल्याएका थियौं।

तर पनि फिल्म पाइरेसी भइरहेको छ। जुन गैरकानुनी अपराध हो। साइबर सेल गैरकानुनी रुपमा फिल्मको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ।’

पाइरेसीको हिस्सा बनेकाहरु लाई साइबर सेलले कारबाही गर्ने समेत चेतावनी दिएका छन् । उनले पाइरेसीको हिस्सा नबन्न आग्रह गर्दै साइबर सेलको निशानामा पर्न सक्ने तर्फ सलमानले सचेत गराएका छन्।

यो फिल्म इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर केही घण्टामा नै फिल्म पाइरेसी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर