गठवन्धन सरकारले विपन्न परिवार जग्गाको मालिक हुने अवस्थाबाट बञ्चीत गरेर सुरुवाती राम्रो गरेन : नेकपा एमाले — OSNepal

गठवन्धन सरकारले विपन्न परिवार जग्गाको मालिक हुने अवस्थाबाट बञ्चीत गरेर सुरुवाती राम्रो गरेन : नेकपा एमाले

LC (KTM) August 06, 2021 0

विराटनगर २२ साउन । भुमिसम्वन्धि समस्या समाधान आयोग खारेज गर्नु अनुचित भएको प्रदेश नम्बर १ का नेकपा एमालेका केपी ओली पक्षीय प्रदेश सांसदले बताएका छन् ।

एमालेकी सांसद अम्बिका थापाले नवर्निमित सरकारले सुरुमा नै आयोग खारेज गरेको भन्दै आपत्ती जनाएकी छन् ।

भूमिविहीन सुकुम्बासी र दलितलाई जग्गा दिने भनेर गठन गरेको आयोग खारेज गर्नुको सट्टा पात्र फेरेको भए उचित हुने बताएकी छन् ।

उनले १४ महिनाअघि आयोग गठन भएकोमा खारेज गर्दा विपन्न परिवार जग्गाको मालिक हुने अवस्थाबाट बञ्चीत भएको बताएकी छन् ।

त्यस्तै, अर्का नेकपा एमालेका सांसद बसन्तीदेवी यादवले पनि सुकुम्बासी समस्या समाधान गर्नको लागि अधिकार तथा लालपूर्जाको दिने तयारी भइरहदा आयोग नै खारेज हुनु राम्रो सुरुवात नभएको बताएकी छन् ।

तयारी गरेको अवस्थामा भूमि आयोग खारेज गर्नु राम्रो सुरुवात नभएको सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर