अघिल्ला सरकारले गरेका राम्रो कामलाई निरन्तरता दियो भने सरकारलाई सहयोग गछौँ : बस्नेत — OSNepal

अघिल्ला सरकारले गरेका राम्रो कामलाई निरन्तरता दियो भने सरकारलाई सहयोग गछौँ : बस्नेत

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले यस अघिका सरकारले गरेका राम्रा कामलाई यो सरकारले निरन्तरता दियो भने मात्र आफुहरुले सहयोग गर्ने बताएका छन् ।

आज शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन ललितपुरको च्यासलमा बसेको राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका बस्नेत राम्रा कामलाई निरन्तरता दिए साथ दिने र खारेज गर्दै गयो भने खरो रुपमा उत्रिने चेतावनी समेत दिएका हुन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भुमिसम्वन्धि आयोग खारेज गरेपछि चौतर्फी रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर