सम्मानजनक पार्टी एकता नभए विद्रोह गर्ने नेपाल पक्षका केन्द्रिय सदस्यहरुको चेतावनी — OSNepal

सम्मानजनक पार्टी एकता नभए विद्रोह गर्ने नेपाल पक्षका केन्द्रिय सदस्यहरुको चेतावनी

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको आजको बसेको केन्द्रिय सदस्यहरुको बैठकले सम्मान जनक एकता नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

हिजो देखि निरन्तर बसेको बैठकमा केन्द्रिय सदसहरुले आ आफ्नो धारणा राखेसँगै सम्पन्न भएको हो । बैठकमा सहभागी भएका अधिकांश नेताहरुको एउटै धारणा भएको बैठकमा सहभागी एक नेता बताए ।

केन्द्रिय सदस्यहरुको बैठक सकिए लगत्तै अहिले निष्कर्ष निकाल्न स्थायी कमिटीका नेताहरु छलफलमा जुटेका छन् । सम्मानजनक एकता हुने पक्ष्मा आफ्जनो समुह भएको भए पनि अध्यक्ष केपी ओलीपक्षसँग आशंका ति नेता बताए ।

पार्टी एकताको लागि १० बुँदे सहमति प्रगतिशीलभएपनि त्यसपछि ओली पक्षबाट एकता विथोल्ने काम भएको पनि ति नेताले बताए ।

अब एकताको नाममा अल्मलिन नहसने बताएका उनले आफ्नो पक्षलाई झुलाइराखेकोले आशंका बढ्ेको पनि बताएका छन् ।

उनले भने, एकता त गर्ने हो । तर घिसारिएर जान सकिँदैन । सम्मानजनक अवस्था बन्दैन भने एकता नगरे पनि हुन्छ भन्ने मत पनि आएको छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर