पार्टी एकताको लागि ओलीलाई नेपाल पक्षको २४ घण्टे अल्टिमेटम — OSNepal

पार्टी एकताको लागि ओलीलाई नेपाल पक्षको २४ घण्टे अल्टिमेटम

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेकपा ९एमाले० का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी ओलीलाई २४ घण्टाको अल्मिेटम दिएको छ ।

नेपाल पक्षका नेता मेटमणि चौधरीले दुई दिन भित्र पार्टी एकता गर्न ओली सहमत नभए सरकारमा जाने निश्चित रहेको बताएका छन् ।

ओलीले आफुले गरेको अपराधको क्षमायाचना गर्नुपर्ने बताएका चौधरीले भने, ‘दुई दिनसम्म केपी ओली पार्टी एकताको लागि तयार हुन्छन् भने ठिकै छ, सरकारमा जाने कुरा त छ नै, हामीले बनाएको सरकार हो । फेरि राष्ट्रिय सहमतिको सरकार बनेन भने सरकार कमजोर हुन्छ । हामी सरकारमा कुनैपनि हालतमा जनुपर्छ भनेर धेरै केन्द्रीय कमिटीका सदस्यहरुको भनाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर