ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु : नेपाल — OSNepal

ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु : नेपाल

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफु पार्टी एकताको पक्षमा भएको बताएका छन् ।

अध्यक्ष केपी ओलीले आफुलाई जति गाली गरेपनि आफु पार्टी एकताको पक्षमा भएको नेता नेपालले प्रतिक्रिया दिएका हुन् ।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु’ नेपाल भन्छन् , ‘पार्टी एकताको लागि आफ्नो प्रयत्न जारी रहेको छ’ ।

आफु पक्षका केन्द्रिय सदस्यहरुले ओलीले आफुहरुलाई अल्मल्याउन खोजेका हो कि भन्ने आशंका गरेको बताएका नेपालले त्यस्तो नहोला भन्ने विश्वासमा आफु भएको बताएका छन् ।

नेपालले अ‍ोलीलाई बोल्दा खेरि संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर