पार्टी एकताको विषयमा नेपाल पक्ष लचिलो बन्दा ज्ञवालीले भने- छलफलका नाममा अनन्तकालसम्म पार्टीका कामलाई रोक्न सक्दैनौं — OSNepal

पार्टी एकताको विषयमा नेपाल पक्ष लचिलो बन्दा ज्ञवालीले भने- छलफलका नाममा अनन्तकालसम्म पार्टीका कामलाई रोक्न सक्दैनौं

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी नियमित काम नरोकिने बताएका छन् । यता वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको महाधिवेशनको काम रोक्न आग्रह गरेको थिए ।

आजबाट अध्यक्ष केपी ओली पक्षले पार्टीको विधान संशोधनबारे छलफल सुरु गरेको छ । नेपाल पक्षले भने पार्टी एकताको लागि आफु तयार भएको भन्दै ओलीे जति गाली गरेपनि आफु एकताको पक्षमा भएको बताएका छन् ।

आज बसेको नेपाल पक्षको केन्द्रिय सदस्यहरुको बैठकले पनि पाटी एकता गर्न आफुहरु तयार भएको बताएका छन् । ओलीले सम्मानजनक रुपमा एकता गर्नुपर्ने बताएका छन् ।

यता ओली पक्ष ज्ञवालीले भने पार्टीको विधान सम्मेलन यही साउन २७ र २८ गते गर्ने निणर्य पहिल्यै गरेको कुनै काम पनि नरोकिने बताएका छन् ।

‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं ।’ ज्ञवालीले भने ।

उनले एकताको विषयमा भने केहि पनि स्पष्ट पारेका छैनन् । उनले सत्ता पक्ष आक्रमक शैलीमा आएको भन्दै आफु प्रतिपक्षी भएर हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर