नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पारित गर्यो चार प्रस्ताव ,एकता भएन भने दुवै पक्षको हार हो — OSNepal

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पारित गर्यो चार प्रस्ताव ,एकता भएन भने दुवै पक्षको हार हो

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको हिजो बिहिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज शुक्रबार सम्पन्न भएको छ ।

आज दिउँसो बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसेको बैठकले ४ वटा प्रस्ताव प्रस्तुत् गर्दै बैठक सम्पन्न गरेको हो ।

बैठक पछि नेता रघुजी पन्तले बैठकले पारित गरेको चार प्रस्ताव सार्वजनिक गरेका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै पुनः स्थापना भएको प्रतिनिधिसभाको स्वागत,
पार्टी एकताको लागि १० बुँदे प्रस्ताव हुँदै गर्दा वरिष्ठ नेतामाथि हुने आरोप तथा लान्छाना रोक्ने,
पार्टी एकताको प्रयास भइरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरणजस्ता कामले एकतामा भाँजो हाल्ने काम रोक्नु पर्ने
अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका कामले एकताको आधार बनाएको अवस्थामा थप काम निणर्य गर्न स्थायी समितीलाई जिम्मा दिइएको छ ।

पन्तले आफु प्रतिपक्षी भएकाले सरकारमा जाने सम्भावना नभएको भन्दै एकताको विषयमा चरणवद्ध काम भइरहेको समेत बताएका छन् । पार्टी एकताको प्रमुख आधार १० बुँदे सहमति हो, योबाहेक अरू विषयमा पनि छलफल भइरहेको छ, त्यसैले समानान्तर गतिविधि रोक्नु पर्ने अवस्था आएको छ ।’ उनले भने,हामी सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन, यो असम्भव कुरा हो,’ उनले भने, ‘हामी सत्ता पक्षमा छैनौँ र विपक्षी गठबन्धनमा पनि छैनौँ ।’

आफ्नो पक्षको यो महिना भित्रै एकता गर्ने चाहाना भएकाले आफुहरु सम्मानसहितको एकताको पक्षमा भएको नेता पन्तले बताएका छन् । कता दुवै पक्षको जित हो, एकता भएन भने दुवै पक्षको हार हो पन्तको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर