नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भयो : माओवादी केन्द्र — OSNepal

नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भयो : माओवादी केन्द्र

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई गरेको व्यवहार प्रति अशन्तुष्ट जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको भन्दै हिजो बिहिबार प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकी थिइन् ।

केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको निष्कर्ष निकालेको छ । आफ्नो पार्टीले यसको घो रभर्त्सना तथा निन्दा गरेको समेत बताइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील समेत गरेका छन् । वलीले माओवादी केन्द्र राजेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर