भारतमा पत्याउनै नसकिने गरी ह्वात्त घटे कोरोना संक्रमित — OSNepal

भारतमा पत्याउनै नसकिने गरी ह्वात्त घटे कोरोना संक्रमित

LC (KTM) May 17, 2021 0

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । भारतमा पछिल्ले २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बटेको छ ।एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै त्यहा कोरोना संक्रमितको सख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ संक्रमितको मृत्यु भएको छ संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । ।पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर