चर्चित ३३ वर्षीया अमेरिकी गायिका रिहाना परिन अर्बपतिको सूचीमा — OSNepal

चर्चित ३३ वर्षीया अमेरिकी गायिका रिहाना परिन अर्बपतिको सूचीमा

LC (KTM) August 08, 2021 0

न्युयोर्क । चर्चित अमेरिकी गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा पर्न सफल भएकी छन् । ३३ वर्षीया गायिका रिहाना व्यापारभन्दा बढी संगीतबाट विश्वभर परिचित छन् ।

फोब्र्सका अनुसार फेन्टी ब्युटी कस्पेटिक कम्पनी र भित्री वस्त्र बेच्ने स्याभेज एक्स फेन्टीको मूल्य बढेसँगै रिहानाको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ ।

त्यसबाहेक उनले संगीत र अभिनयबाट समेत आर्थिक उपार्जन गरेकी हुन् । सौर्य दैनिकमा खबर छ । रिहानाको नाम रोबयिन फेन्टी हो र उनले सन् २०१७ मा फेन्टी ब्युटीसँगै सहकार्यमा खाद्यान्न कम्पनी एलभिएमएच पनि सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर