शुक्रबारबाट जसपाको महन्थ ठाकुर पक्षले सुरु गरेको अगुवा कार्यकर्ता भेला आज पनि चार जिल्लामा आयोजना गरिँदै — OSNepal

शुक्रबारबाट जसपाको महन्थ ठाकुर पक्षले सुरु गरेको अगुवा कार्यकर्ता भेला आज पनि चार जिल्लामा आयोजना गरिँदै

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । शुक्रबारबाट अगुवा कार्यकर्ता भेला सुरु गरेको जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर पक्षले आज पनि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएका छन् ।

आइतबार आज चार जिल्ला सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला कार्यक्रम आयोजना कार्यक्रमा रहेको छ ।

कार्यक्रममा सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर, अरविन्द साहले सम्वोधन गर्दैछन् भने, सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले , रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंह साथै कञ्चनपुरमा चन्द्रकान्त चौधरी ,राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्राविधिक कठिनाइका कारण आज हुने भनिएको कपिलवस्तु र रौतहट जिल्लाको कार्यक्रम भने स्थगित भएको जनाइएको छ । निवार्चन आयोगले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्षमा पार्टीमै बसेर संघर्ष गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर