चुनाव जितेर नभई कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कुनै हतार छैन — OSNepal

चुनाव जितेर नभई कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कुनै हतार छैन

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री शेर बहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कुनै हतार नभएको बताएका छन् ।

नेता रिजालले चुनाब जितेर प्रधानमन्त्री भएको होइन, कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको देउवालई कुनै हतार नभएको भन्दै व्यङ्ग्य गरेका हुन् । सरकारको नेतृत्व गरेको एक महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा देउवा नेतृत्व सरकारको आलोचना हुने थालेको छ ।

२७ दिनसम्म मन्त्रिपरिषद् बनेन । महामारीको यस्तो अवस्थामा एक महिनासम्म एक डोज खोप, एउटा भेन्टिलेटर र आइसीयु नथपिएको गुनासो गरेका नेता रिजालले भनेका छन् , ‘सरकारले आफ्नो कुनै नीति सार्वजनिक गरेन’ ।

‘शेरबहादुर देउवालाई कुनै हतार छैन । किनकि, उहाँ चुनाब जितेर प्रम भएको होइन, कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको हो’ । रिजालले भनेका छन् ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर