गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुने भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन : देवकोटा — OSNepal

गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुने भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन : देवकोटा

LC (KTM) August 08, 2021 0

काठमाडौँ ।२४ साउन । नेकपा एमालेका नेता खिमलाल देवकोटाले सरकारले जनातको आवाज सुन्न नसेकेको बताएका छन् ।

आज आइतबार राष्ट्रिय सभाको बैठकमा सहभागी भएकाले देवकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

देवकोटाले सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राख्नु बताउँदै गुप्त कोठामा बसेर गरिएको शासनले जनताको हित हुन नसकेको समेत बताएका छन् ।

‘गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुन सकेन्, यदि यस्तो भएको भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन’ बैठकमा देवकोटाले भने ।

सबै कार्यालयमा सिसिटिभी क्यामेरा राखे बन्द कोठाको शासन सबैले देख्न पाउने र जतनाको हितअनुसार काम हुने उनको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर