कोरोना विरुद्धको खोप लगाउने अभियानमा खटिएका प्रधानमन्त्रीमाथि ढुंगा मुढा, टाउकोमा गम्भिर चोट, अस्पताल भर्ना — OSNepal

कोरोना विरुद्धको खोप लगाउने अभियानमा खटिएका प्रधानमन्त्रीमाथि ढुंगा मुढा, टाउकोमा गम्भिर चोट, अस्पताल भर्ना

LC (KTM) August 08, 2021 0

काठमाडौं। यतिबेला विश्वभर कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ । कोरोनाको तेस्रो लहर सुरु हुने वैज्ञानिकहरुले चेतावनी दिइरहेका बेला देशका फ्रन्टलाइनरहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा प्रधानमन्त्रीमाथी आ क्र म ण भएको छ । प्रदर्शनकारीहरुले ढुंगाले हानेर टाउको फुटाइदिएको बीबीसीले जनाएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार खोप अनिवार्य गर्ने गरी ल्याउन लागिएको कानुनकै विरोधमा भइरहेको प्रदर्शनमा प्रधानमन्त्री घाइते भएपछि उनलाई आकस्मिक रुपमा असपताल भर्ना गरेर उपचार सुरु गरिएको छ ।

७४ वर्षका प्रधानमन्त्री राल्फ गोन्जालवेज किंग्सटाउनस्थित संसद भवनमा जम्मा भएको एउटा भीडनजिकैबाट जाँदै गर्दा उनीमाथि आ क्र मण भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर