मुनि उर्लदो खोला , रुख माथि छोरा छोरी र गर्भवती श्रीमती , रातभरको भीषण बर्षा र तेज हावा सहेर १६ फीट अग्लो रुखमा यसरी बस्यो यो परिवार — OSNepal

मुनि उर्लदो खोला , रुख माथि छोरा छोरी र गर्भवती श्रीमती , रातभरको भीषण बर्षा र तेज हावा सहेर १६ फीट अग्लो रुखमा यसरी बस्यो यो परिवार

LC (KTM) August 08, 2021 0

भारतको मध्य प्रदेशको बिदिशामा २ परिवारको लागि १६ फीट अग्लो रुख जीवनको रक्षक बनेको छ । बाढीमा नराम्रो संग फसेका यी परिवारले २४ घण्टा सम्म रुख मै बिताएर ज्यान जोगाएका छन् । गर्भवती महिलालाई जोगाउने चक्करमा उनको परिवार गाउँ छोडेर भाग्न सकेन ।

आपतमा परेको यस परिवारलाई सहयोग गर्ने बसेको अर्काे परिवार पनि बाढीको चपेटामा फसेको थियो । उनीहरुको दुबै परिवारले २४ घण्टा सम्म रुखलाई साहारा बनाएर आफ्नो ज्यान जोगाई राखे । भोली पल्ट बिहान एनडीआरएफको टोलीले यी २ परिवारलाई बाढी प्रभावित क्षेत्र बाट सुरक्षित स्थानमा लगेका थिए ।

बिदिशाको सिरोजे क्षेत्रमा कैथन नदीमा बाढी आउँदा उक्त क्षेत्र पुरै प्रभावित भएको छ । बाढीको डरले पुरै गाउँ नै खाली भएको छ । नदीमा पानीको सतह बढेर आएपछि तर यी २ परिवार भने बाहिर निस्कन सकेका थिएनन् । गौरवको श्रीमती लक्ष्मी गर्भवती रहेकी थिईन् जसका कारण गौरवले गाउँ छोड्न सकेनन् ।

उनी आफ्नो सानो भाइ र उनकी पत्नीका कारण गाउँ बाट चाँडो निस्कन सकेका थिएनन् । गाउँमा धेरै फीट पानी जमेको छ त्यहाँ बाट सुरक्षीत रुपमा बाहिर निस्कन एकदमै मुश्किल रहेको थियो । यसैक्रममा गौरवले आफ्नो श्रीमती लक्ष्मी, २ छोरा यश र बिट्टू तथा भाई लाई १६ फीट अग्लो रुखमा चढाए र आफु पनि चढे ।

उनले आफ्नो सहयोगका लागि बेलुका सम्म कोही उद्धारको लागि आउँछ कि भनेर बाटो हेरी रहे तर कोही आएनन् । यो खबर बिद्यायक सम्म पुगिसकेको थियो । साँझ परिसकेको र मौषम प्रतिकुलताका कारण उनीहरु लाई उद्धार गर्न सकिएको थिएन ।

गौरव तथा उनको परिवार पुरै रात हिम्मतका साथ रुखमै बसिरहे । मुनी उर्लदो बाढी, बर्षा र तेज हावाका बीच उनीहरु रातभर रुखमै काट्न बाध्य भएका थिए । बिहान रेस्क्यु टोली पुगेर उनीहरुको उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर