संविधान भन्दा बाहिर कुनै पनि भुमिका देखिन्न किनभने म संविधानको रक्षक हुँ : अमिक शेरचन — OSNepal

संविधान भन्दा बाहिर कुनै पनि भुमिका देखिन्न किनभने म संविधानको रक्षक हुँ : अमिक शेरचन

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आफु संविधान भन्दा बाहिर कुनै पनि भुमिका नदेखिने बताएका छन् ।

आज आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफु संविधानको संविधानको रक्षक भएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मेरो भूमिका संविधानले नै तोकेको छ, त्यो भन्दा बाहिर मेरो भूमिका छैन ।’ कार्यक्रममा उनले भने ।

कार्यक्रममा उनले विपक्षी दलका नेताहरु संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरु गरिदिन भन्दै आफुकहाँ आएको भन्दै यस विषयमा आफुले डेढ घण्टा मुख्यमन्त्रीसँग गरेको समेत खुलासा गरेका छन् ।

मुख्यमन्त्रि शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संविधान अनुसार नै विशेष अधिवेशन आह्वान गरिएको समेत कार्यक्रममा उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर