आधिकारीकता पाए पछि जसपा अध्यक्ष यादवले बोलाए पहिलो केन्द्रिय कमिटी बैठक, महन्थ र राजेन्द्र अब के गर्लान त ? — OSNepal

आधिकारीकता पाए पछि जसपा अध्यक्ष यादवले बोलाए पहिलो केन्द्रिय कमिटी बैठक, महन्थ र राजेन्द्र अब के गर्लान त ?

LC (KTM) August 08, 2021 0

बिबाद र बिभाजनको संघारकाबीच निर्वाचन आयोग बाट आधिकारीकता पाएको जनता समाजबादी पार्टीले केन्द्रिय समितीको बैठक आव्हान गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका छन् ।

यादवले भदौ १ र २ गतेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको बताए । आधिकारीकता पाए पछि बस्न लागेको केन्द्रिय कमिटी बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजन लगायतका विषयमा केन्द्रित रहेको छलफल हुने यादवले बताए । तत्कालिन समाजवादी पार्टी र राजपा संग एकीकरण भएर बनेको थियो ।

एकीकरण पश्चात ८०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय कमिटी गठन भएपनि बैठक भने बस्न सकेको थिएन । केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा पनि पठाइएको थिएन । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो भने ओलीको पछि लागेर पिरोलीएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर