'मनकी आवाज प्रतिज्ञा’ नामको टेलिसिरियलमा अभिनय गरेपछि रातारात चर्चामा आएका चर्चित कलाकार अनुपम श्यामको निधन — OSNepal

‘मनकी आवाज प्रतिज्ञा’ नामको टेलिसिरियलमा अभिनय गरेपछि रातारात चर्चामा आएका चर्चित कलाकार अनुपम श्यामको निधन

LC (KTM) August 09, 2021 0

एजेन्सी-भारतका चर्चित कलाकार अनुपम श्यामको निधन भएको छ। ‘मनकी आवाज प्रतिज्ञा’ नामको टेलिसिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट चर्चित बनेका उनको ६३ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित श्यामको मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ‘श्यामको निधनले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको चलचित्र निर्माता अशोक पण्डितले बताएका छन् ।

श्यामले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा उनले सफल अभिनय गरेका छन् ।अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो। चलचित्रमा उनले धेरैजसो खलनायकको भूमिकामा अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर