अदालत र निर्वाचन आयोगको मुख ताकेर महाधिवेशन सारिरहनु हुँदैन : गुरुराज घिमिरे — OSNepal

अदालत र निर्वाचन आयोगको मुख ताकेर महाधिवेशन सारिरहनु हुँदैन : गुरुराज घिमिरे

LC (KTM) August 09, 2021 0

काठमाडौँ साउन २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता गुरुराज घिमिरेले साढे पाँच वर्षभित्रमा पनि पार्टीको महाधिवेशन गर्न नसक्नुले पार्टी संकटमा फस्ने बताएका छन् ।

अदालत र निर्वाचन आयोगको मुख ताकेर महाधिवेशन सारिरहन नहुने बताएका घिमिरेले आज बिहान एक कार्यक्रममा अन्तवार्ता दिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले लकडाउनको अवधिलाई शून्य मानेर जाने या ५० हजार जरिवाना तिर्नुको साटो महाधिवेशन सम्पन्न गर्ने विकल्पमा जानुपर्ने बताएका छन् । अब साउन २८ गतेको केन्द्रिय समितिको बैठकले यसको विकल्प तय गर्नुपर्ने घिमिरेले बताएका छन् ।

उनले भने, “शून्य समय कर तिर्ने प्रयोजनका लागि अदालतबाट आएको हो । त्यो नजिर राजनीतिक दलतर्फ आकर्षित हुन्छ कि हुन्न भन्ने ग्यारेन्टी छैन । समयसीमाभन्दा उता धकेल्ने कुरामा इमानदारी, जिम्मेदारी र कर्तव्यबोध झल्किँदैन ।”

हामी आफ्नो जिम्मेवारी पूरा नगर्ने अनि मुलुक, दल र सरकारलाई तदर्थवादमा चल्ने चलाउने प्रवृत्तिको सिकार भएका छौं । ठूलो संकटमा बीपी र गणेशमानले पार्टी र कार्यकर्तालाई जोगाए । हामीले किन नसक्ने ? उनले प्रश्न गरे ।

आफ्नै पार्टीको नेतृत्व तहलाई प्रश्न गर्दै उनले भने , कोरोना महामारी नभएका बेला चार वर्षभित्र महाधिवेशन गर्न कसले रोक्यो ? पाँच पटक कसले सार्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर