पार्टी एकता गर्नुपर्छ तर अर्को पक्षले राखेको सर्तै सर्तलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ : ओली — OSNepal

पार्टी एकता गर्नुपर्छ तर अर्को पक्षले राखेको सर्तै सर्तलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ : ओली

LC (KTM) August 09, 2021 0

काठमाडौं साउन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद नछोड्ने बताएका छन् । पार्टी एकता गर्नुपर्छ भन्नेमा आफु सहमत भएपनि अर्को पक्षको सबै शर्त मान्नुपर्छ भन्ने छैन भन्दै पदीय भागवण्डा आफुले नगर्ने बताएका ओलीले महाशिवेनले टुंगो लगाउने बताएका हुन् ।

हिजो आफ्नै निवास बालकोटमा कर्णाली प्रदेशका नेकपा एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा ओलीले आफु तत्काल अध्यक्ष पद नछोड्ने बताएका हुन् । “पार्टी एकता गर्नुपर्छ भन्ने कुरा म पनि मान्छु । तर अर्को पक्षले सर्तैसर्त राखिरहेको छ । त्यसलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ “।

उनले भनेका छन् , ‘पदीय भागबन्डा मैले होइन, महाविशेनले नै टुंग्याउनुपर्छ । अहिले टुंगाए पनि भोलि पनि गुटगत गतिवधि नहोला भन्ने छैन ।’ आफु पार्टीको जिम्मेवार नेता भएकाले कति लचिलो हुनुपर्ने आफु जानकार भएको बताएका ओलीले पार्टी एकताका निम्ति कुनै बाबासित ग्रह दशा या चिना(टिपन हेराउनु नपर्ने समेत बताएका छन् ।

हिजो भएको भेटघाटमा सुर्खेतका ध्रुव शाही, दैलेखका रवीन्द्र शर्मा, हुम्लाका दल रावल, सल्यानका गोविन्द पुन, डोल्पाका लंकबहादुर शाही, जाजरकोटका करवीर शाही, मुगुका सोनाम लामा, पश्चिम रुकुमका नन्दऋषि शर्मा, जुम्लाका जयबहादुर रोकाया र कालीकोटका नगीन्द्र शाही नेसनल सहभागी भएका थिए ।

भेटको क्रममा कालीकोटका अध्यक्ष नगीन्द्र शाही नेसनलले पार्टीभित्रको मतमतान्तर र अन्तरसंघर्ष रुपान्तरणका लागि हुनुपर्छ । तर माधव नेपाल विचार समूहका नाममा एकले अर्कोलाई सिध्याउने काम भइरहेको देखिन्छ । विधान र पद्धतिले नमिल्ने कुरा गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाइरहनु उचित नभएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर