देउवाको कारण समयमा महाधिवेशन नभएर नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुग्यो : पौडेल — OSNepal

देउवाको कारण समयमा महाधिवेशन नभएर नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुग्यो : पौडेल

LC (KTM) August 09, 2021 0

काठमाडौँ २५ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगेको भन्दै आलोचना गरेका छन् ।

नेता पौडेलले आज सामाजिक सञ्जाल मार्फत यस्तोे प्रतिक्रिया दिएका हुन् । “पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो उनले भनेका छन् ।

पार्टीका सभापति समेत रहेका देउवाको कारण आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको दावी गरेका छन् । उनले यो भन्दा चरम असफलता र लापर्वाही वर्तमान सरकारको अरु के हुन सक्छ भन्दै प्रश्न समेत गरेका छन् ।

‘यो देशको लागि विडम्वना हो,सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’ उनले भने ।

उनले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर