थापाको प्रश्न : प्रधानमन्त्री ज्यू,कोरोना महामारीको कारण भन्दै कक्षा १२ को परीक्षा मात्र स्थगित तर अन्य परीक्षा किन सञ्चालन ? — OSNepal

थापाको प्रश्न : प्रधानमन्त्री ज्यू,कोरोना महामारीको कारण भन्दै कक्षा १२ को परीक्षा मात्र स्थगित तर अन्य परीक्षा किन सञ्चालन ?

LC (KTM) August 09, 2021 0

काठमाडौै २५ साउन । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई कक्षा १२ को मात्र परीक्षा किन स्थगित गरिएको भन्दै प्रश्न गरेका छन् ।

कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन१यसको आधार र तर्क के हो ? भन्दै प्रश्न गरेका थापाले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् ।

हिजो बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरिसकेको अवस्थामा कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय प्रति अशन्तुष्ट व्यक्त गरेका थापाले प्रधानमन्त्री देउवालाई कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नु पर्ने सुझाव दिएका छन् ।

थापाले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?,’ थापाले भने, ‘प्रधानमन्त्री ज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नु पर्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर