१० वर्षमा बिहे गरेकी लम्जुङकी यि चेलीले १३ वर्षमै जन्माइन् बच्चा, मिडियामा आएर खोलीन् आफ्नो अनुभव, हेर्नुहोस् भिडियो — OSNepal

१० वर्षमा बिहे गरेकी लम्जुङकी यि चेलीले १३ वर्षमै जन्माइन् बच्चा, मिडियामा आएर खोलीन् आफ्नो अनुभव, हेर्नुहोस् भिडियो

LC (KTM) August 09, 2021 0

सानै उमेरमा आफै विवाह गरेर १३ वर्षमै आमा बनेकी एक बालिकाका बारेमा अहिले सामाजिक सञ्जालमा चर्चा छ । लम्जुङमा एक १३ वर्षकी बालिकाले छोरीलाई जन्म दिएकी छन् । आमा अर्कैसंग विवाह गरेर गएपछि घरमा राम्रो स्याहार नपाएकी बालिका उनी जस्तै अर्का आमा विहिन बालकसंग विवाह गरेकी थिइन् ।

लमजुङ सुन्दरबजार नगरपालिका– ९ को भोटेवडारमा १३ बर्षीया बालिका हसिना मिया तामाङले नवजात शिशु छोरीलाई जन्म दिएको सोमवार १० दिन भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ८ को भुस्मे गाउँमा घर बताउने ती बालिकाका श्रीमान कालु भन्ने आइतबहादुर तामाङ हुन् । सुन्दरबजार– ९ भोटेओडारमा हसिनाको माईती हो । उनी यतिबेला त्यही रहेको उनकी फुपुको घरमा रहेकी छन् ।

बालिकाले ४ कक्षा मात्र पढेकी छिन् । उनका ६ जना दाजुभाइ छन् । छ दाजुभाईको एक्ली दिदी बहिनी हुन् हसिना । घरमा खानेकुराको दुःख हुन थालेपछि उनी घरबाट भागेर बालुवा बोक्ने र चाल्ने काम गर्न थालिन् । त्यही काम गर्दागर्दै सँगै काम गर्ने कालुलाई मन पराउन थालिन् । अनि, तीन वर्ष अघि १० वर्षको उमेरमा विवाह गरिन् ।

‘आमाले दोस्रो विहे गरेर गइन्, त्यसपछि मलाई पनि घरमा बस्न मन लागेन र राजीखुशीले विहे गरेँ ।’ उनले भनिन् । कालु पनि आमाले दोस्रो विवाह गरी हिडेपछि उनी घरमा छाडेर चार वर्ष अघि हिडेको र त्यसपछि घरमा नगएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर