कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह — OSNepal

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

Kesh Karki (USA) August 09, 2021 0

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।उहाँले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गर्नुभएको हो ।

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।राष्ट्रपति सि जिनपिङले भन्नुभएको छ, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।”

अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिनुभएको छ ।

साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराउनभुएको छ । हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।उता चीनले हालैमात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो ।

चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ ।राष्ट्रपति जिनपिङले यो कुरा बताउनुभएको थियो । उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने हालैमा बताउनुभएको थियो ।राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभएको हो ।

कोभिड–१९ को–अपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश दिनुभएको थियो ।राष्ट्रपति जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिनुभयो ।राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिनुभएको थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर