राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश — OSNepal

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।

यस्तै, गुरुङले “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरे ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७” राष्ट्रियसभा समक्ष पेश गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर