मुख्यमन्त्री पोखरेलको राजीनामा पछि स्थगित भयो प्रदेशसभाको बैठक — OSNepal

मुख्यमन्त्री पोखरेलको राजीनामा पछि स्थगित भयो प्रदेशसभाको बैठक

LC (KTM) August 11, 2021 0

बुटवल २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश सभाको अधिवेशन स्थगित भएको छ ।

प्रदश सभाको अधिवेशन सुरु हुनै लाग्दा पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो । पोखरेल विरुद्ध विपक्षी चार दलले प्रदेश सभाको अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज १ बजे बस्ने भनिएको बैठक अगावै पोखरेलले राजीनामा दिएका हुन् । उनको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सत्तापक्ष नेकपा एमालेका सदस्य नै अधिवेशनमा सहभागी नभएपछि स्थगित भएको प्रदेश सभा एक घण्टा पछि पुन बसेको प्रदेश सभा बैठक पनि प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर