लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको लागि दावी आह्वान गर्न प्रदेश प्रमुख दिए २२ घण्टाको समय — OSNepal

लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको लागि दावी आह्वान गर्न प्रदेश प्रमुख दिए २२ घण्टाको समय

LC (KTM) August 11, 2021 0

बुटवल २७ साउन । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले भाली २८ गते दिउँसो ३ बजेसम्मको समय दिएका छन् । बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनले गठवन्धन सरकारलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने गरी दावी पेश गर्न आह्रान गरेका हुन् ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि पोखरेलले आज राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर