तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग — OSNepal

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग

Kesh Karki (USA) August 12, 2021 0

विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ ।

शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा लम्सालका पाँच जना साथीको समूह ‘साथीसँग मनका कुरा समूह’ ले उस्मानकी दिदीलाई रु तेह्र हजार पाँच सहयोग गरेको हो । जन्मदिनमा गरिने फजुल खर्च कटाएर साथै अनावश्यक गरिने खर्च जोगाएर उपचारमा छटपटाइरहेका बालक अलीका लागि थोरै भए पनि सहयोग गरिएको बताउँदै सबैले खुला मनले सहयोग गर्नसमेत लम्सालले अपिल गर्नुभएको छ ।

थोपा थोपाबाट समुद्र बन्ने हुँदा सबैको सहयोग भए बालकको उपचार सम्भव हुने लम्सालले बताउनुभयो । यस्तो किसिमको रोग बिरलै मात्रामा देखिने भएकाले स्थानीयदेखि केन्द्रीय सरकारले आर्थिक तथा सम्पूर्ण उपचारका लागि पहल गर्नुपर्ने उहाँले सो अवसरमा बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर