महाराष्ट्रको एक शहरमा सडक तथा खेतमा रहेको पानीको रंग एक्कासी भयो नीलो , सबै किसान डरले त्रसित, नदी नालाका माछा समेत मर्न थाले — OSNepal

महाराष्ट्रको एक शहरमा सडक तथा खेतमा रहेको पानीको रंग एक्कासी भयो नीलो , सबै किसान डरले त्रसित, नदी नालाका माछा समेत मर्न थाले

LC (KTM) August 12, 2021 0

महाराष्ट्रको कल्याण जिल्लामा केही दिन यता जता नजर घुमाएर खेरे पनि नीलो रंगको पानी देखीन थालेको छ । पानीमा निर घोले जस्तै नीलो देखिन थालेको हो । यतिमात्र हैन सडक समेत नीलो रंगको देखिन थालेको छ । नीलो पानीका कारण अब किसानलाई समेत त्रास उत्पन्न भएको छ ।

उनीहरु यसकारण चिन्तित छन् कि यो नीलो पानीका कारण उनीहरुको खेतमा कुनै नोक्सान नपुगोस् । कल्याण जिल्लामा १४ गाउँको गोषीया मार्केटबाट बढी मात्रामा रासायनिक मिश्रित पानी सिधै सडकमा छोडिएको छ ।

जसका कारण सडक नीलो भएको छ । यस रासायनिक पानीका कारण किसानले लगाएको खेतीमा धेरै ठुलो नोक्सान पुग्ने संभावना रहेको छ । यसकारण किसानहरु प्रदुषण नियन्त्रण मण्डलको कारबाहीको प्रतिक्षामा रहेका छन् । कल्याण जिल्लाको ग्रामीण भेग दहिसर, पिंपरी तथा अन्य ग्रामीण क्षेत्रमा ठुलो संख्यामा रासायनिक गोदामहरु स्थापित भएका छन् ।

रासायनिक गोदामको गोषीया बजार बनेको छ । यस गोदामबाट बिना कुनै प्रक्रिया सडक तथा नालामा रासायनिक पदार्थ छोडिएको छ । प्रदुषण नियन्त्रण बोर्डका अधिकारीहरुले अहिले सम्म सो क्षेत्रमा अवलोकन गरेका छैनन् । स्थानीयका अनुसार नदी तथा नालामा धेरै संख्यामा माछाहरु मरेको पाइएको थियो । यसकै कारण कुवाको पानी पनि एकदमै दुषित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर