आफ्नै काकाको छोराले पोखरीमा बिष हालिदिए, दाजु चारो हाल्न जाँदा २० हजार माछा पोखरीमा मरिरहेको भेटे — OSNepal

आफ्नै काकाको छोराले पोखरीमा बिष हालिदिए, दाजु चारो हाल्न जाँदा २० हजार माछा पोखरीमा मरिरहेको भेटे

LC (KTM) August 12, 2021 0

महाराष्ट्रको पुणेमा एक तलाउमा २० हजार माछा मारिएको बिषयले हंगामा मच्चाएको छ । यो घटना पुणे जिल्लाको इन्दापुरको रहेको छ । एकदमै बिषालु दबाई हाल्दा २० हजार माछाको मृ त्यु भएको छ ।

पीडित किसानले आफ्नो काकाको छोरा भाई बिरुद्ध पुलिस थानमा उजुरी दिएका छन् । पुलिसका अनुसार इन्दापुर तालुकाको पलसदेव गाउँको शेलार पट्टामा संजय शेलारले माछा पालन शुरु गरेका थिए । जस्को लागि १ एक्कडमा तलाउन बनाएर त्यसमा रुपचन्द प्रजातीको ३० हजार माछाको भुराहरु छोडि दिएका थिए ।

उक्त माछाहरुको अहिले ५ सय देखी ७ सय ग्राम सम्मको भएको थियो । माछा बेच्नको लागि संझौता समेत भईसकेको थियो तर त्यहि शनिबार राती अज्ञात ब्यक्तिले तलाउमा बिषालु दबाई हाल्दिए पछि सबै माछाहरु मरेका छन् । बिहान सन्जय शेलार माछालाई खाना हाल्न जाँदा सबै माछाहरु मरिरहेको भेटेका थिए ।

उनका अनुसार २० हजार भन्दा धेरै माछा मरेका छन् । जस्को बजारमा मुल्य प्रति किलो ९० देखी १ सय रुपैया सम्म रहेको छ । सबै माछाको मुल्य १२ लाख भन्दा बढी हुन आउँथ्यो । उनले यो बिषयमा काका छोरा बिरुद्ध उजुरी दिएका छन् ।

संजयका अनुसार काकाको छोरा सुरेश शेलार संग जमीनको बिषयमा बिबाद चलिरहेको थियो । यही जमिनलाई लिएर दुबै जना बीच ६ अगष्टमा झगडा समेत भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर