बाँदरलाई निल्न नसके पछि यो अजिंगरले ज्युदै बाहिर निकाल्यो , अजिंगर नै भयो बिरामी — OSNepal

बाँदरलाई निल्न नसके पछि यो अजिंगरले ज्युदै बाहिर निकाल्यो , अजिंगर नै भयो बिरामी

LC (KTM) August 12, 2021 0

भारतको गुजरातको वडोदरा शहरबाट एक हैरान गर्दिने घटना बाहिर आएको छ । जहा एउटा खोलको किनारमा ११ फीट लामो अजिंगरले एउटा बाँदरलाई निलेको छ । तर केही बेर पछि अजिंगर आफै अफ्ठ्यारोमा पर्छ ।

उसले बाँदरलाई निल्न सक्दैन र उ आफै आपतमा परेको देख्न सकिन्छ । जब यसको जानकारी बन बिभागलाई भयो तब उक्त खोला किनार बाट अजिंगरलाई रेस्क्यु गरिएको छ । बन्यजीव बचावकर्मी रावले भने– थोरै मेहनत पछि हाम्रो टीम अजिंगरलाई पक्रन सफल भयौ । त्यसपछि हामीले त्यस अजिंगरलाई कारेलीबागको बचाउ केन्द्रमा लिएर आयौ ।

त्यसपछि अजिंगरले बाँदरलाई बाहिर निकालि दिन्छ । किनकी उसले बाँदरलाई पचाउन सक्दैन । अहिले अजिंगर पनि पशु चिकित्सकको निगरानीमै रहेको र स्वास्थ्य हुने बित्तिकै छोडिने बताइएको छ । जब अजिंगरले बाँदरलाई बाहिर निकालिदिन्छ त्यसको केही समय पश्चात नै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर