तास खेलिरहेको अवस्थामा मोटो रकम सहित १८ जना पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा मोटो रकम सहित १८ जना पक्राउ

LC (KTM) August 13, 2021 0

काठमाडौं, २९ साउन- भक्तपुर, भक्तपुर नगरपालिका-७ भिमसेन स्थान जिङखेलस्थित सोही नगरपालिका-७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउलाको पुल हाउसमा तास खेलिरहेको अवस्थामा देउला लगायत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पुल हाउसमा जुवातास खलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, गोदावरी नगरपालिका-१ मनहरा बस्ने २५ वर्षीय गणेश मडैको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय खडक खड्का लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५४ हजार ७ सय ४० रुपैयाँ र ७ गड्डी तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर