अमेरिकामा मान्छेको जस्तै दाँत भएको अनौठो माछा भेटियो — OSNepal

अमेरिकामा मान्छेको जस्तै दाँत भएको अनौठो माछा भेटियो

LC (KTM) August 13, 2021 0

कहिले काही अचम्मको जनावरहरुको स्वरुप देख्न पाईन्छ । सबै आ आफ्नै स्वरुप र प्रकारका हुने गरेका छन् । ति मध्ये केही अनौठो प्रकारका हुने गरेका छन् । अहिले एउटा माछा जस्को चर्चा सर्वत्र चुलिएको छ । किनकी उक्त माछाको दाँत मान्छेको जस्तै रहेको छ ।

उक्त माछा संयुक्त राज्य अमेरिकामा भेटिएको हो । उक्त माछाको मान्छेको जस्तै दाँतहरु रहेका छन् । दुई लाईन बंगारकाको साथमा दुरुस्तै मान्छेकै जस्ता दाँतहरु रहेको छ । यो माछा लाई बिश्वमाझ माछा मार्न जाने मानिसहरू माझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेज मार्फत ल्याएको हो ।

उक्त पेजले सो माछाको गत साता फोटो प्रकाशित गरेको थियो। भेटिएको सो माछा शीप्सहेड जातको भएको बताइएको छ। उक्त माछाको दाँतहरुले आफ्नो सिकार चबाउन सजिलो हुने अनुमान गरिएको छ । जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिनले उक्त माछा पक्रन सफल भएका थिए ।

यो अनौठो प्रकारको माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई शीप्सहेड नामकरण गरिएको बिबिसीले जनाएको छ । यो समातिएको माछा निकै स्वादीलो हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर