यी ब्यक्ति जो कोरोना कालमा जागिर बाट निकालिए , त्यसपछि बिरक्तिएर भिडियो बनाउन थालेका उनले २० करोड कमाए — OSNepal

यी ब्यक्ति जो कोरोना कालमा जागिर बाट निकालिए , त्यसपछि बिरक्तिएर भिडियो बनाउन थालेका उनले २० करोड कमाए

LC (KTM) August 13, 2021 0

इन्टरनेट तथा सामाजिक सञ्जालको सहारामा चर्चामा आएका यस्ता ब्यक्तिहरु छन् जो भुइँबाट आकाशको उचाई लिन सफल छन् । यस्ता ब्यक्तिहरु मध्ये खबाने लेमको पनि रहेको छ । खासमा यी ब्यक्ति आफ्नो कूनै पनि भिडियोमा एक शब्द पनि बोल्दैनन तर यीनको एक्सप्रेसन तथा हाउ भाउका कारण आम मान्छेहरुको दिमाग प्रभाव छोड्न सफल भएका छन् ।

उनी अहिले सामाजिक सञ्जालमा सुपरस्टार नै बनेका छन् । २१ बर्षिय लेम पछिल्लो समयम एक फ्याक्ट्रीमा काम गरिरहेका थिए । कोरोनाका कारण बिश्वभरका लाखौ ब्यक्तिहरुले रोजगारी गुमाउनु परेको थियो । त्यसमध्येकै एक थिए लेम । न्युयोर्क टाइम्स संगको कुराकानीका क्रममा लेमले भनेका थिए– मेरो जागिर खोसीएको थियो ।

सुरुवातमा मलाई एकदमै धक्का लागेको थियो तर म आफै सम्हालीए । त्यसपछि मलाई एकदमै धेरै समय मिलेको थियो । त्यो समयलाई फाईदाको रुपमा कसरी लिने सोचे । मलाई एकदमै अजीव चिजहरुलाई लिएर प्रतिक्रिया दिन थाले । त्यसपछि म घण्टौ बसेर टिक टकका लागि भिडियो बनाउन थाले ।

मलाई यसले फाईदा हुन थाल्यो केही समयमै मेरो भिडियो भाइरल बन्न थालेको थियो । लेमको अहिले १ सय मिलियन भन्दा बढी फलोअर्सहरु रहेका छन् । फलोअर्सहरुले उनलाई आधुनिक कालको चार्ली च्याप्लिनको रुपमा लिने गरेका छन् । उनी आफ्नो कुनै पनि भिडियोमा बोल्दैनन चार्ली जस्तै । उनको सबैभन्दा बढी फ्यान फलोइंग अमेरिका तथा ब्राजीलमा रहेका छन् ।

उनी पपुलर भए पछि कैयौ फिल्म कम्पनीहरुले उनलाई काम गर्नका लागि अफर गरिरहेका छन् । तत्काल उनी फिल्ममा जाने संभावना नरहेको बताएका छन् । १ सय मिलियन फलोअर्सका साथ लेम बिश्वको दोस्रो सफल टिकटकर बनेका छन् । उनको कुल सम्पत्ति २० करोड आसपास रहेको छ । १७ बर्षका चार्ली डी एमेलो १२० मिलियन फलोअर्सका साथ बिश्वकै फेमस टिकटकर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर