तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन नेपालीहरुले अपिल गर्दै गर्दा परमादेश सरकार के गर्दै छ ? — OSNepal

तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन नेपालीहरुले अपिल गर्दै गर्दा परमादेश सरकार के गर्दै छ ?

LC (KTM) August 15, 2021 0

काठमाडौं ३१ साउन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेको बेला परमादेश सरकार के गर्दैछ भन्दै प्रश्न गरेका छन् ।

अपगानिस्तानको राजधानी काबुलमा समेत तालिवान लडाकु प्रवेश गरेसँगै त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्न चौतर्फी रुपमा दवाव परिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारलाई बाँस्कोटाले पनि सरकार के गर्दैछ भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्दै उनले अध्यक्ष केपी ओलीको सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरूरु भन्दै अर्को प्रश्न गरेका छन् ।

सरकारले तनाबग्रस्त अफगानिस्तान रहेका नेपालीहरुको तत्काल सुरक्षित फिर्ता गर्न समेत माग गरेका छन् ।

उनले भनेका छन् , तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेका छन तर कहा हरायो परमादेश सरकार अनि के गर्दै छन,ओली हुदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरूरु सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर