भन्टा खानुहोस्, यस्ता आश्चर्यजनक अनेक फाईदा पाउनुहोस् — OSNepal

भन्टा खानुहोस्, यस्ता आश्चर्यजनक अनेक फाईदा पाउनुहोस्

LC (KTM) August 15, 2021 0

काठमाडौ-भन्टा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो सानो बोटमा फल्ने तरकाली हो । यो प्रायको भान्सामा पाकिने तरकाली हो । यसको सेवन गर्दा हाम्रो शरीरलाई स्वस्थ राख्ने काम गर्दछ । भन्टा सेवन गर्दा हामिलाई धेरै फाइदा हुन्छ । भन्टालाई तपाईले तरकारीको रुपमा खाएकै हनुपर्छ ।

यसमा फाइटोन्युट्रियन्ट पनि पाईने भएकाले एन्टिअक्सिडेन्ट क्रियाकलाप गर्छन् । तरकारीको रुपमा प्रयोग गरिने भन्टामा औषधीय गुण पनि रहेको हुन्छ । भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।भन्टामा पाइने नासुनिन तत्वले शरीरबाट अनावश्यक आइरन हटाउन मद्धत गर्छ ।

यसले हृदयाघातको खतरा पनि घटाउछ ।–भन्टाको नियमित सेवनले मुटुको रोग र स्ट्रोक हुने सम्भावनालाई कम गर्छ ।यो भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन एन्टीभाइरल र एन्टी ब्याक्टेरियलको प्रभावकारी स्रोत मानिन्छ ।भन्टा मिनरल्स, भिटामिन र डाइटरी फाइबरको उच्च स्रोत हो । यसमा पानीको मात्रापनि धेरै हुन्छ । त्यसैले यसले छाला सुख्खा हुन दिँदैंन र चम्किलो बनाउँछ । यसका साथै यसले छालाको क्यान्सर पनि रोकथाम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर