प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त — OSNepal

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

LC (KTM) August 17, 2021 0

काठमाडौं भदौ १ । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।

आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ती नै जारी गरी मिश्रलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले आजै प्रदेश प्रमुख राजेश झाला पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर