नयाँ दल दर्ताको लागि नेपाल समुह हस्ताक्षर संकलन गर्दै विघटित कार्यदलका सदस्यको भने भएन सहभागीता — OSNepal

नयाँ दल दर्ताको लागि नेपाल समुह हस्ताक्षर संकलन गर्दै विघटित कार्यदलका सदस्यको भने भएन सहभागीता

LC (KTM) August 18, 2021 0

काठमाडौँ २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजन सम्बन्धि अध्यादेश जारी भएसँगै माधव नेपाल समुह नयाँ दल दर्ता गर्नको लागि हस्ताक्षर संकलनमा जुटेका छन् ।

नेपाल समुह अहिले काठमाडौंको अर्याल होटेलमा हस्ताक्षर संकलन गरिरहेका छन् । उक्त हस्ताक्षर संककलनमा भने युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सहभागी भएका छैनन् भने पार्टी एकताको लागि गठन गरिएको विघटित कार्यदलमा सहभागी नेताहरुको पनि सहभागीता नभएको जनाइएको छ।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । साथै २० प्रतिशत केन्द्रिय समिटि बनाए नयाँ दल दर्ता गर्न सकिने व्यवस्था यो अध्यादेशले ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर