एमाले फुट्नुमा प्रचण्डको कुनै हात नभएको पनि दाबी गरेकी झाँक्रीले भनिन् भविष्यमा माओवादी केन्द्रसँग एकता हुनसक्छ — OSNepal

एमाले फुट्नुमा प्रचण्डको कुनै हात नभएको पनि दाबी गरेकी झाँक्रीले भनिन् भविष्यमा माओवादी केन्द्रसँग एकता हुनसक्छ

LC (KTM) August 19, 2021 0

काठमाडौं २ भदौ । दल दर्ताको तयारीमा रहेको नेकपा एमाले समाजवादी पार्टीकी नेत्रृ रामकुमारी झाँक्रीले अब पार्टीलाई सशक्त बनाउने अभियानमा लाग्ने बताएकी छन् ।

आज एक कार्यक्रममा सहभागी भएकी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी हुन् । एमाले फुटाउने मुख्य दोषी अध्यक्ष केपी ओली भएको भन्दै आफ्नो पक्षले एकताको लागि अन्तिमसम्म पनि प्रयास गरेको बताएकी छन् ।

एमाले फुट्नुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनैपनि हात नभएको पनि दाबी गरेकी उनले माओवादी केन्द्रसँग पनि एकता हुनसक्ने सम्भावना रहेको पनि खुलासा गरेकी छन् ।

माधव नेपाललाई स्थायी कमिटीका सदस्यहरुले साथ नदिएपनि केही फरक नपर्ने भन्दै कार्यक्रममा उनले भनिन्,”टिम त बन्दै जान्छन नि हजुर, हाम्रो जुत्ता फाटे त नयाँ किन्नुपर्छ । लागु फाटे नयाँ लुगा किन्छौं नि ।” पार्टीलाई वामपन्थबाट रामपन्थको बाटोमा लगिएको र सांस्कृतिक रुपमा विचलनतर्फ गएकोले फुटको अवस्था आएको उनले दापी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर