विराट शिक्षण अस्पतालको आकस्मिक कक्षामा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट — OSNepal

विराट शिक्षण अस्पतालको आकस्मिक कक्षामा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

LC (KTM) May 18, 2021 0

विराटनगर ४ जेठ । विराटनगरस्थित विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । हिजो सोमबार अस्पतालको आकस्मिक कक्षामा उपचारमा खटिएका चिकित्सक डा। सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपटि भएको हो ।

सडक दुर्घटनामा परी घाइते दुई जनाको उपचार गरिरहेको समयमा स्वास्थयकर्मी र चिकित्सकमाथि कुटपिट भएको अस्पतालले जनाएको छ । चिकित्सक बस्नेतको भने टाउको , अनुहार र शरीरका विभिन्न ठाउँमा चोट लागेको पनि अस्पतालले जनाएको छ ।

कुटपिट गर्नेमा बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । एक वृद्धको उपचार गर्न ढिलो भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको उक्त समुहले बताएको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर