उपत्यकामा आइसियु अभाव, हेलिकोप्टरबाट पोखरा र झापा लगिए कोरोनाका बिरामी — OSNepal

उपत्यकामा आइसियु अभाव, हेलिकोप्टरबाट पोखरा र झापा लगिए कोरोनाका बिरामी

LC (KTM) May 09, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ। शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन्। कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन्। पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए। ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन्।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ। उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन्। भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शय्या छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन्। राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन्।

४र५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए। तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए। यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन्। राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४र५ दिन भएको अस्पतालहरूले जनाएका छन्।

टिचिङ अस्पतालले यो अवधिमा कोभिड वार्ड विस्तार गरी ३ सय शय्या पुर्‍याएको छ। त्यसैगरी अन्य अस्पतालले पनि यो अवधिमा धेरै शय्या विस्तार गरिसकेका छन्। श्वास–प्रश्वासमा गम्भीर समस्या आएका बिरामीको हकमा हाल रहेका अक्सिजन प्लान्टले धान्न नसकेपछि बिरामीलाई भने जति सेवा दिन नसकेको अस्पतालका सूचना अधिकारी रामप्रसाद अधिकारीले जनाए। उनका अनुसार टिचिङमा पाँच सय लिटर प्रतिसेकेन्डका दुईवटा र १ हजार लिटर प्रतिसेकेन्डका गरी तीनवटा अक्सिजन प्लान्ट सञ्चालनमा थिए। तीमध्ये दुईवटा महिना दिनअघि नै बिगे्रकाले समस्या उत्पन्न भएको हो। हाल सामान्य अवस्थाका बिरामीका लागि मात्र धान्न सक्ने अक्सिजन प्लान्ट छन्। बढी फ्लोमा अक्सिजन दिनेबित्तिकै पटक–पटक अक्सिजन बिग्रिने समस्या छ।नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर