कोरोनाको डरले काठमाडौबासी घरबाहिरै निक्सिन छाडे — OSNepal

कोरोनाको डरले काठमाडौबासी घरबाहिरै निक्सिन छाडे

LC (KTM) May 18, 2021 0

काठमाडौ – कोरोनोको संक्रमण तिब्र बनेपछि अरु खाद्यबस्तुको भाउ चर्किए पनि हरियो तरकारीको मुल्यमा ठुलो गिरावट आएको छ । काठमाण्डौमा छोईनसक्नु थियो तरकारीको भाउ तर अहिले पुरै सस्तिएको छ । अहिले काठमाण्डौबासीहरुले हरियो सागसब्जी खानै छोडेका छन् ।

एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारी ८० प्रतिशत भन्दा बढिले सस्तिएको हो । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत १ बैशाखमा तीतेकरेलाको थोक मुल्य प्रति केजी ८० रुपैयाँ थियो । तर, ३० बैशाखमा तीते करेलाको मुल्य प्रतिकेजी १५ रुपैयाँ रहेको छ । प्रतिशतमा हिसाब गर्ने हो भने तीते करेला ८१।२५ प्रतिशतले सस्तिएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत १६ गतेदेखी निषेज्ञाधा गरेपछि बजारमा हरियो तरकारीको माग घटेको जानकारी दिए ।

किन यसरी एक्कासी सस्तियो त भन्दा उनले स्वदेशी उत्पादन यो बेला अलि बढि हुने र बजारमा हरियो तरकारीको माग कम हुँदा मुल्य सस्तो बन्न गएको बताए । अहिलेको अवस्थामा भारत बाट ३५ प्रतिशत मात्र हरियो साग सब्जी आईरहेको तथा बाँकि स्वदेशी उत्पादननै उपभोग भईरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर