दुई वर्षीय बालक र एसएसपीसहित आठ जनाको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाको छ वर्ष पुरा — OSNepal

दुई वर्षीय बालक र एसएसपीसहित आठ जनाको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाको छ वर्ष पुरा

LC (KTM) August 23, 2021 0

कैलाली ७ भदौ । कैलालीको टीकापुर घटनाको आज छ वर्ष पुरा भएको छ । आजै कै दिन २०७२ साल भदौ ७ गते टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा आठ जनाको मृत्यु ज्यान गएको थियो ।

उक्त हिंसात्मक घटनामा ज्यान गुमाउने प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपाने नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द,सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदका साथै घरमै बसिरहेका टेकबहादुर साउदको दुई वर्षीय छोरा रहेका छन् ।
उक्त बाललको गोलीको छर्रा लागि ज्यान गएको थियो ।

उक्त घटना सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्नुपर्ने भन्दै टिकापुर तर्फबढ्दै जो क्रममा प्रहरी र उनीहरुबिच झडप भएको थियो ।

यस घटनाको मुख्य योजनाकार रेशम चौधरी भएको भन्दै उनलाई पक्राउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगारमा कैदी जीवन बिताउँदै आएका छन् ।

आज कैलाली जिल्लाले टीकापुर विद्रोह दिवस मनाउने भएको छ । भने जिल्लाभर भोली आठ गते साँझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने कार्यक्रम समेत भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर