नेपालको साथ छोडी एकताको अभियानमा लागेका उपाध्यक्ष रावल सहित यी नेता पुगे अध्यक्ष ओलीको निवास बालकोट — OSNepal

नेपालको साथ छोडी एकताको अभियानमा लागेका उपाध्यक्ष रावल सहित यी नेता पुगे अध्यक्ष ओलीको निवास बालकोट

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल सहितका केही नेताहरु अध्यक्ष केपी शर्मा ओली निवास बालुकोट पुगेका छन् ।

पार्टी एकताको लागि १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका रावल,सहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका केहि नेताहरु बालकोट पुगेका हुन् ।
अध्यक्ष ओलीले पहिलो पटक संसद विघटन गरेपछि माधव नेपाललाई साथ दिँदै हिडेका यी नेताहरु पार्टी एकताको लागि प्रयासरत छन् ।

यता नेपालले नयाँ दल दर्ता गर्न निवार्चन आयोग गएपछि पनि नेपालको साथ छोडी एकताको अभियानमा लागेका यी नेताहरु आज ओली निवास पुगेका हुन् । भोलिसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न पार्टी अध्यक्ष ओलीलाई समय दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर