केही समय अगाडी मात्र माओवादी कै नेता हुँ भन्दै सर्वोच्च पुगेका पुर्वमाओवादीका यी नेताहरु एमालेको बैठकमा सहभागी — OSNepal

केही समय अगाडी मात्र माओवादी कै नेता हुँ भन्दै सर्वोच्च पुगेका पुर्वमाओवादीका यी नेताहरु एमालेको बैठकमा सहभागी

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु समेत सहभागी भएका छन् ।

आज मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा उपस्थित भएका हुन् । कहि समय अगाडी मात्र आफुहरु माओवादीकै सांसद भन्दै सर्वोच्चमा आफ्नो सांसद पद यथावत होस् भन्दै रिट दायर गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले गत पौष ५ गते पहिलो पटक संसद विघटन गरेपछि सर्वोच्चले त्यउयर फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । दुवै पार्टी अस्त्विमा आएपनि माओवादी त्याग गरी एमालेमा प्रवेश गरेका यी नेताहरुको माओवादीको कारवाहीमा सांसद पद गुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर