आजदेखि मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना — OSNepal

आजदेखि मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

LC (KTM) August 25, 2021 0

आज बुधबारदेखि मनसुन फेरि सक्रिय भएको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको केही नजिक रहेकाले आज रातिबाट मुलुकका धेरैजसो स्थानमा पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आह्वान पनि भनेकाे छ । महाशाखाका अनुसार आज बिहान केही क्षेत्रमा पानी परेको छ ।

तर, राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

बिहीबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ ।

शुक्रबार पनि मनसुन सक्रिय रहने देखिन्छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर