एनआरएन अमेरिकाको निर्वाचन : बिराज बोर्ड अफ डाइरेक्टर पदका दावेदार ! — OSNepal

एनआरएन अमेरिकाको निर्वाचन : बिराज बोर्ड अफ डाइरेक्टर पदका दावेदार !

LC (KTM) May 18, 2021 0

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बिराज भण्डारीले उम्मेदवारी दिएका छन् । ओएस नेपालसँगको कुराकानीका क्रममा भण्डारीले मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि उनले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै भने लामो समयदेखिको समाजसेवा र कामको अनुभवले पनि मैले एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेद्धवारी दिने निर्णयमा पुगेको हुँ ।

ओखलढुगां रुम्जटारमा जन्मे हुर्केका भण्डारीहाल क्यालिफोर्निया वे एरियामा वस्दै आएका छन् । नेपालमा हुदा व्यबसायिक अकबरे खुर्सानी खसी रागोको मासुको अचार उधोग लगायत बिभिन्न व्यबसाय गरेर आफ्नो उद्यम चलाएका थिए । गाउँका निम्न बर्गहरुले सेवा सुबिधा पाउन भन्ने उदेस्यले बहु उदेस्य सहकारी सस्था साथै व्यवसायिक तबरले नभइ सामाजिक तबरले गाउका निम्न बर्गले पढ्न सकुन सस्तो र सुलभ तथा अति गरिबको लागि निसुल्क पढाउने उदेश्यले स्कुल पनि केहि समाजसेबि हरुको सहयोग मार्फत पनि स्थापना गरे हाल तेहि का स्थानिय हरुले सन्चालन समेत गरेका छन । उनी अमेरीकाको एनआरएन एनसिसीको वोर्ड अफ डाईरेक्टर पदका सबै भन्दा कान्छो उम्मेदवार हुन् ।

सामाजिक कर्ममा विशेष समय निकालेर लागि पर्दै आएका भण्डारीले गरिमामय सस्था एनआरएन मा मेरो उमेदवारी “नैतिकता ,इमान्दारित,स्वाधिन्ता एन आर एनए मा युवा सहभागिता अग्रजलाई सम्मान युवालाई प्रोत्सान एन आर एन एको भबिष्यमा समावेशी युवा पहिचान भन्ने मुल नारा सहित चुनावमा होमिएको उल्लेख गरेका छन् । उनले एनआरएनए एनसिसीको आसन्न मे २९ र ३० मा हुने निर्वाचनमा आँफुलाई मतदान गरेर बिजय गराउन सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर